अर्थ

प्रसारण क्षेत्रलाई करको दायरामा ल्याउन माग

नेपाल केबल टेलिभिजन महासंघले प्रसारण क्षेत्रलाई कानुन बमोजिम करको दायरामा ल्याउनुपर्ने माग गरेको छ। महासंघले केबल टेलिभिजन सञ्चालनका क्रममा राज्यले अंगीकार गर्ने अस्थिर नीतिका कारण व्यवस्था नै बन्द अवस्था आएको जनाउँदै गैरकानूनी प्रसारण बन्द गर्नुपर्ने र प्रसारण क्षेत्रलाई कानुन बमोजिम करको दायरामा ल्याउनुपर्ने माग गरेको हो।  

महासंघले बुधबार विज्ञप्ति जारी गरी नेपालका सम्पूर्ण केबल टेलिभिजन व्यवसायको संरक्षण तथा प्रवद्र्धनका निम्ति राज्यले अविलम्ब उचित निर्णय नगरे सम्पूर्ण केबल टिभी व्यवसाय नै बन्द हुने जनाउँदै सरोकारवालासँग छलफल गरेर मात्र पोल भाडा निर्धारण गर्न अनुरोध गरेको छ।

हालको प्रतिकूल अवस्थामा ग्राहकमाथि कुनै पनि थप शुल्क वृद्धि नगर्ने पक्षमा रहेको भन्दै महासंघले नेपाल विद्युत् प्राधिकरणको पोल भाडा वृद्धिको विषयलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नै तत्काल पहल गरी सर्वपक्षीय हित हुने गरी समस्याको समाधान गरिदिन माग गरेको छ। 

केबल टेलिभिजन व्यवसायीले संविधानले प्रत्याभूत गरेको सूचना तथा सञ्चारसम्बन्धी मौलिक हकको कार्यान्वयन गरी विगत तीन दशकदेखि निरन्तर नेपालीको घरघरमा सूचनाको पहुँच पुर्‍याउने एक प्रमुख माध्यमका रूपमा केबल टेलिभिजन सेवा सञ्चालन गर्दै आएका छन् ।  

प्रकाशित: ७ आश्विन २०७८ ०३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App