अर्थ

‘एनवाइइएफ स्टार्टअप अवार्ड २०२१’ घोषणा

काठमाडौं च्याप्टरको स्टार्टअप अवार्ड–२०२१ घोषणा भएको छ। नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) ले आयोजना गरेको अवार्ड कार्यक्रममा डक्टर्स अन कल नेपाल प्रथम, अर्बन नेपाल दोस्रो र अन्सु टेक्नोलोजी तेस्रो भएका छन्। 

पुरस्कारस्वरूप विजेता कम्पनी डक्टर्स अन कल नेपालले नगद १ लाख ५० हजार रूपैयाँ, दोस्रो हुने अर्बन नेपालले ७५ हजार र तेस्रो हुने अन्सु टेक्नोलोजीले ५० हजार रूपैयाँ प्राप्त गरेका छन्। उक्त कार्यक्रममा देशभरबाट १ सय बढी कम्पनी सहभागी भएका थिए।

प्रकाशित: ५ आश्विन २०७८ ०२:३० मंगलबार

काठमाडौं च्याप्टरको स्टार्टअप अवार्ड–२०२१ घोषणा नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) डक्टर्स अन कल नेपाल प्रथम अर्बन नेपाल दोस्रो र अन्सु टेक्नोलोजी तेस्रो ‘एनवाइइएफ स्टार्टअप अवार्ड २०२१’ घोषणा