अर्थ

आइएमईको दसैं अफर सार्वजनिक

आइएमईले पर्व लक्षित दसैंमा डबलको डबल अफर सार्वजनिक गरेको छ। उक्त अफर कात्तिक २६ गतेसम्म जारी रहनेछ। 

अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजार एजेन्ट वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा अथवा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई जनालाई पठाएको रकमको डबल, हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ। साथै आइएमई पे मा रकम प्राप्त गर्दा दुई सय थप बोनसको व्यवस्था मिलाइएको छ।  

प्रकाशित: २ आश्विन २०७८ ०३:१६ शनिबार