अर्थ

इन्टरनेटको मूल्य बढाउने निर्णय

पोल भाडा र फाइबरको मूल्य वृद्धि भएको भन्दै निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनीले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेका छन्।  

इन्टरनेट कम्पनीले डेढ सयदेखि तीन सय रूपैयाँसम्म मूल्य बढाउने तयारी गरेका हुन्। ग्रामीण क्षेत्रमा प्रतिग्राहक तीन सय र सहरी क्षेत्रमा प्रतिग्राहक एक सय ५० रूपैयाँका दरले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले जनाएको छ।

आइस्पानको बैठकले मूल्यवृद्धिको निर्णय गरेर स्वीकृतिका लागि नेपाल दूर सञ्चार प्राधिकरणसमक्षअनुरोध गर्ने तयारी गरेको आइस्पानका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए। आइस्पानको निर्णयपछि सेवा प्रदायकले इन्टरनेटको मूल्यवृद्धि गर्न प्राधिकरणमा स्वीकृतिको लागि पत्र पठाउनेछन्।  

विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय नै नगरी एकतर्फी रूपमा बिजुली पोलको भाडा बढाएको उनीहरूले आरोप लगाएका छन्।

प्रकाशित: १ आश्विन २०७८ ०२:२० शुक्रबार

पोल भाडा र फाइबरको मूल्य वृद्धि इन्टरनेट सेवा प्रदायक कम्पनी नेपाल दूर सञ्चार प्राधिकरण