अर्थ

मञ्जुश्री फाईनान्सका थप चारवटा शाखा संचालनमा

नेपालको अग्रणी फाइनान्स कम्पनीको रुपमा स्थापित मञ्जुश्री फाईनान्स लिमिटेडले रुपन्देहीमा चारवटा शाखा कार्यालयहरुबाट कारोबार शुभारम्भ गरेको छ।  

मञ्जुश्री फाईनान्स लिमिटेडका संचालक सदस्यहरु चिन्तामणि गौतम, अरुण न्यौपाने र रबिन देवकोटाले संयुक्त रुपमा बाह्रौं, तेह्रौं, चौधौ र पन्ध्रौ शाखा कार्यालय रुपन्देही जिल्लाको मुर्गिया, योगिकुटी, मणिग्राम, र भैरहवामा आइतबार शुभारम्भ गरेका हुन्।  

काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको नारायणगढ, काठमाडौको न्युरोडं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा र विरगञ्जमा गरी ११ वटा शाखा संचालनमा रहेका छन्।

संचालक समितिका सदस्य गौतमका अनुसार कम्पनीले मंगलबार गैडाकोट, टाँडी र पर्सामा आफ्ना शाखाको शुभारम्भ गर्ने बताएको छ। कम्पनीले सुनसरीको झुम्का र इनरुवा र मोरडको बिराटचोकमा थप तीन शाखा पनि यही शनिबारदेखि संचालनमा ल्याउने तयारी गरेको छ। यो सँगै यस फाइनान्स कम्पनीका देशभरि कुल २१ वटा शाखाहरु संचालनमा आउनेछन्।  

२०७८ सालअषाढ मसान्त सम्म रु. ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु ८.९१ अर्ब निक्षेप संकलन गरि रु ७.९५ अर्ब कर्जा परिचालन गरेको छ। यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र एटीएम सेवालगायतसरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ।

प्रकाशित: २८ भाद्र २०७८ १०:३० सोमबार