अर्थ

लिटमस केबलको ब्रान्ड एम्बेसडर हमाल दम्पती

लुम्बिनी विद्युत् उद्योग प्रालिले आफ्ना उत्पादनको प्रवद्र्धन एवं विस्तार गर्न लिटमस केबलमा अभिनेता राजेश हमाल र मधु हमाल भट्टराईलाई ब्रान्ड एम्बेसडर रूपमा नियुक्त गरेको छ।  

दुई वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रवर्द्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रममा हमाल दम्पतीको उपस्थिति हुने बताइएको छ। चार दशकदेखि विभिन्न प्रकारका तार र केबल उत्पादन गर्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ उन्नत मेसिनबाट उत्पादन गरिरहेको जनाएको छ।

यससँगै कम्पनीले आफ्नो उत्पादन क्षेत्रलाई अझै फराकिलो पार्दै, नेपालकै अग्रणी एवं ठूलो कम्पनी बन्न सफल भएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २७ भाद्र २०७८ ०४:४१ आइतबार

लिटमस केबल