अर्थ

कुमारी बैंकबाट सहयोग

कुमारी बैंक लिमिटेडले साँखुस्थित उग्रतारा माध्यमिक विद्यालयमा खानेपानी फिल्ट्रेसन प्रणाली जडान गरेको छ। 

अत्यावश्यक भौतिक पूर्वाधारको अभावमा प्रभावकारी पठनपाठन हुन नसक्ने कुरालाई मध्यनजर गरी उक्त विद्यालय व्यवस्थापनसँगको समन्वयमा सो फिल्ट्रेसन प्रणाली जडान गरिदिएको बैंकले जनाएको छ।  

खानेपानी फिल्ट्रेसन प्रणाली जडान लगायत पूर्वाधार विकासका विविध कार्यमा सहयोग पुर्‍याउँदै आएको बैंकले आगामी दिनमा समाजको दिगो शैक्षिक विकासको प्रवर्द्धन गर्ने प्रतिबद्धता लिएको छ।

प्रकाशित: २७ भाद्र २०७८ ०४:३६ आइतबार

कुमारी बैंक