अर्थ

हुन्डाई फेस्टिभ डिलाइट २०७८ योजना सार्वजनिक

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७८ योजना ल्याएको छ।  

यस योजनाअन्तर्गत ग्राहकले हरेक हुन्डाई गाडी खरिदमा, लक्की ड्रमार्फत एकजनालाई बम्पर उपहारमा नयाँ हुन्डाई आई २० गाडी, तीन लाख रूपैयाँसम्मको आकर्षक नगद छुटको साथै स्क्रयाच कार्ड मार्फत एक लाख रूपैयाँ सम्मको थप नगद छुटको सुविधा पाउँने छन्।  

त्यस्तै, निःशुल्क एक वर्षसम्मको बिमा र सडक कर (चालु आव) समेत प्राप्त गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। साथै हरेक हुन्डाई गाडीको खरिदमा ६ वर्षसम्म निःशुल्क सर्भिस र तीन वर्षको वारेन्टी प्राप्त हुने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २७ भाद्र २०७८ ०४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App