अर्थ

सिन्धु विकास बैंकमा रक्तदान

सिन्धु विकास बैंक लिमिटेडको १२औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ।  

उक्त कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक, कर्मचारी, अन्य संघ–संस्थाका कर्मचारी, बैंकका ग्राहक लगायत सर्वसाधारणले रक्तदान गरेको बैंकले जनाएको छ।  

हाल बैंकले २४ शाखा र दुई सीमित बैंकिङ एकाइबाट सन्ध्याकालीन बैंकिङ सेवा, मोबाइल बैंकिङ, एससिटी डेबिट कार्ड, एसएमएस बैंकिङ, क्युआर कोड लगायत माध्ययमबाट सेवा दिइरहेको छ।

प्रकाशित: २७ भाद्र २०७८ ०४:२६ आइतबार

सिन्धु विकास बैंक रक्तदान