अर्थ

नेपाललाई आठ करोड बराबरको राहत सामग्री

भारतले नेपाललाई ८ करोड बराबरका राहत सामग्री दिएको छ। नेपालका १५ जिल्लाहरुमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि वितरण गर्न लागिएको राहतमा सहयोग गर्न भारतले सहयोग गरेको भारतीय राजदूतावासले जनाएको छ।

राहत सामग्रीमा टेन्ट, प्लाष्टिक सिट, स्लीपिङ म्याट र औषधिहरु रहेका छन्। स्थानीय सरकारसँगका समन्वयमा नेपाल–भारत महिला मैत्री समाज र प्राज्ञिक विद्यार्थीमार्फत् ती सामग्री बाढी र पहिरो प्रभावित क्षेत्रमा वितरण गरिनेछ। दूतावासले ती सामग्रीहरु ीमसन उपप्रमुख नामग्या खम्पाले नेपाल –भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई हस्तातरण गरेको जनाएको छ।

प्रकाशित: ११ भाद्र २०७८ १३:३४ शुक्रबार

भारतीय राजदूतावास