अर्थ

सहुलियत कर्जामा एक खर्ब २२ अर्ब लगानी

कोरोनाबाट प्रभावित व्यवसायीलाई प्रदान गर्नका लागि अगाडि सारिएको पुनरकर्जा, सहुलियतपूर्ण कर्जा कार्यक्रममा एक खर्ब २२ अर्ब ७० करोड बराबरको लगानी भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म एक लाख चार हजार १०९ ऋणीले सहुलियतपूर्ण कर्जा लिएका छन्। आव २०७७/७८ मा कुल एक खर्ब ४८ अर्ब ७५ करोड पुनरकर्जा स्वीकृत भएको थियो।

यसअघिको सहुलियतपूर्ण कर्जा प्रवाहसमेत गरी एक खर्ब ६१ अर्ब ४४ करोड कर्जा बक्यौता छ। यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ४६ हजार ५७ ऋणीलाई प्रवाह भएको छ। सो शीर्षकमा एक खर्ब ६ अर्ब ९८ करोड बराबरको कर्जा उपलब्ध भएको छ।

महिला उद्यमशील कर्जाअन्तर्गत ५५ हजार ५५१ महिला उद्यमीलाई प्रवाह भएकामा ५० अर्ब ९८ करोड कर्जा पुगेको छ। सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार ५०१ ऋणीको तीन अर्ब ४८ करोड कर्जा बक्यौता रहेको छ। 

प्रकाशित: ११ भाद्र २०७८ ०१:३५ शुक्रबार

नेपाल राष्ट्र बैँक सहुलियत कर्जा महिला उद्यमशील कर्जा कोरोनाबाट प्रभावित व्यवसायी