अर्थ

बिमा संस्थानको प्रिमियम डिजिटल भुक्तानी गर्न सकिने

राष्ट्रिय बिमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ। संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आइपिएसमार्फत डिजिटल भुक्तानीसम्बन्धी सम्झौता गरेको छ। सम्झौताअनुसार अब संस्थानको बिमाशुल्क कनेक्ट आइपिएसबाट तिर्न सकिनेछ।

संस्थानका प्रशासक कविप्रसाद पाठक र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले डिजिटल भुक्तानी सेवाको उद्घाटन गरेका छन्। सो अवसरमा प्रशासक पाठकले आफ्नो ७५ हजार पाँच सय ९५ रूपियाँ बराबरको बिमाशुल्क कनेक्ट आइपिएसमार्फत भुक्तानी गरेका थिए। संस्थानले विगतमा ‘डस’ प्रविधिमा आधारित काम गरेकोमा अब डिजिटल प्रविधिबाट काम गर्न सक्ने भएको छ।

प्रकाशित: ४ भाद्र २०७८ ०२:०० शुक्रबार

कनेक्ट आइपिएस राष्ट्रिय बिमा संस्था प्रिमियम डिजिटल भुक्तानी