अर्थ

टिभिएस अपाचे १६० टुभी सार्वजनिक

विश्वव्यापी रूपमा टू–ह्विलर तथा थ्री–ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले अपाचे १६० टुभीको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको छ। उक्त मोटरसाइकल टिभिएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले सानो भर्‍याङस्थित सोरुमबाट सार्वजनिक गरेको हो। कमेडी च्याम्पियनका शिर्ष ६ सहभागीको साथमा उक्त मोटरसाइकल सार्वजनिक गरेको कम्पनीले जनाएको छ।

उक्त बाइकको बडीमा न्यू रेस इन्स्पायर्ड ग्राफिक्स समावेश गरिएको छ। जुन पहिलाको सोही बाइकको संस्करणभन्दा भिन्न र फरक डिजाइनको छ। यसमा रहेको रेस इन्स्पायर्ड डिजिटल डिस्प्ले छ, जसले राइडरलाई स्पिड नियन्त्रणबारे अवगत गराइरहने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

यसमा बेस्ट इन क्लास आरटिआर ओभरस्क्वेर इन्जिन छ, जसले आठ हजार आरपिएममा १४.१४ पिएसको अधिकतम पावर प्रदान गर्दछ भने ६७५० आरपिएममा १३.२ एनएमको अधिकतम टर्क प्रदान गर्दछ। त्यसैगरी, यसमा बेस्ट इन क्लास एमआइजी सस्पेन्सन सक अप राखिएको कम्पनीले जनाएको छ। 

यो मोटरसाइकल पर्ल वाइट, म्याट ब्लू, ब्ल्याक, ग्लस रेड र ग्रे गरेर पाँच भेरिएन्टमा उपलब्ध छ। नेपालमा यसको मूल्य दुई लाख ६९ हजार नौ सय रूपैयाँ तोकिएको छ। जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू–ह्विलर्सको लागि एकमात्र आधिकारिक वितरक हो।  

प्रकाशित: ३ भाद्र २०७८ ०२:३५ बिहीबार

जगदम्बा मोटर्स टू–ह्विलर तथा थ्री–ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनी न्यू रेस इन्स्पायर्ड ग्राफिक्स