अर्थ

सार्वजनिक सवारीको भाडा बढ्यो

फाइल तस्बिर

प्रदेश १ का सार्वजनिक सवारी साधनको भाडा बढेको छ । प्रदेशस्तरमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनको भदौ १ गतेदेखि लागू हुने गरी भाडादर बढाईएको छ ।  

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले यात्रु बहाक र मालबहाक सवारी साधनको भाडा दरमा २३ प्रतिशतसम्म बढाइएको जनाएको छ । वृद्धि गरिएको भाडादर भदौ १ देखि प्रदेशभर सञ्चालन हुने सवारी साधनमा लागू भएको मन्त्रालयका सूचना अधिकारी इन्जिनियर ओमप्रकाश साहले बताए ।  

उनका अनुसार पहाडी रुटमा सञ्चालन हुने मालबहाक सवारीमा १६.५, यात्रुबहाक सवारीमा २२ र तराईमा सञ्चालन हुने मालबहाक सवारीमा २३ प्रतिशतसम्म भाडा वृद्धि गरिएको छ।  

प्रदेशको भाडा निर्धारण परामर्श समितिको गत साउन १७ गते बसेको बैठकले भाडा वृद्धिका लागि सरकारलाई सिफारिस गरेको थियो। संघीय सरकारले लामो दूरीमा अन्तर प्रदेश सञ्चालन हुने सवारी साधनको भाडामा २८ प्रतिशतसम्म वृद्धि गरेको थियो।  

प्रकाशित: २ भाद्र २०७८ ११:१४ बुधबार

सार्वजनिक सवारीको भाडा बढ्यो