अर्थ

कर्मचारी ट्रेड यूनियन ८औँ दिन पनि आन्दोलनमा

नेपाल सरकारले नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउन खोजेको भन्दै कर्मचारी ट्रेड यूनियन ८औँ दिन पनि आन्दोलनमा उत्रिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको कर्मचारी ट्रेड यूनियनले सोमवार बबरमहलस्थित प्राधिकरणको मुख्य कार्यालयअगाडि प्राधिकरणलाई टुक्राउनु नहुने मागसहित बिरोध प्रदर्शन गरेको हो। 

युनियनले यूरोपियन यूनियन (इयू) मा नेपाल समावेश नभएकोले भन्दै यूरोपियन यूनियनले भनेको मान्न आफू बाध्य नभएको र यूरोपियन यूनियनले प्राधिकरण टुक्राउन नभनेको युनियनका प्रवक्ता अनिल कुमार गुप्ताले बताए। उनले निहित स्वार्थका लागि सरकारले प्राधिकरणलाई टुक्राउन लागेको बताए। उनले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ नेपालका लागि घातक भएको बताए। प्रवक्ता गुप्ताले अहिलेको अवस्थामा नियमनकारी संस्थाको आवश्यक नरहेको जानकारी दिए।

उनले भने, 'नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ संघीय संसदको राष्ट्रिय सभाबाट पारित भइ प्रतिनिधि सभामा पेश भइसकेको छ, तर नेपालका लागि यो कुनै पनि तरिकाले राम्रो छैन, घातक छ, अहिलेको अवस्थामा प्यासेन्जर मुभमेण्ट र राइट मुभमेण्ट नभएको अवस्थामा र ठाएँमा रेगुलेटिभ बडी आउनु घातक हो। 

यो विचौलियाको मातहतमा आएको छ, दुई जना प्रमुख हुन पाउने लोभमै प्राधिकरण टुक्राउनु एकदमै गलत हो। 'कर्मचारी ट्रेड यूनियनले साउन २५ गतेदेखि कार्यालयअगाडि नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ को बिरोध गर्दै आन्दोलनरत छ।   

प्रकाशित: ३२ श्रावण २०७८ १०:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App