अर्थ

जग्गा कब्जा प्रकरणमा एमसिए नेपालको ध्यानाकर्षण

एमसिए नेपाल विकास समितिले मिलेनियम च्यालेन्ज कर्पाेरेसन अन्तर्गत पर्ने नुवाकोटको बेलकोटगढीस्थित रातमाटेमा निर्माण हुन लागेको रातमाटे विद्युत् सबस्टेसनका लागि अधिग्रहण गरिएकोमा जग्गामा केही संस्थाले कब्जामा लिएर झन्डा गाडेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एमसिए नेपालले आइतबार एक विज्ञप्ति जारी गरी केही संस्थाले झण्डा गाडेर कब्जामा लिएको विषय उल्लेख नगरिकनै गम्भिर ध्यानाकर्षण भएको  जनाएको छ। स्वतन्त्र उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियान नेपाल नामक दुई संस्थाको अगुवाइमा एमसिसी परियोजनाअन्तर्गत रातमाटे विद्युत् सबस्टेसन निर्माण गर्नका लागि अधिग्रहण गरिएको सो जग्गामा झन्डा गाडेर कब्जामा लिएको घोषणा गरिएको थियो।  

एमसिए नेपालले उक्त सब–स्टेसनका लागि आवश्यक ३९८ रोपनी जग्गा अधिग्रहण नेपालको जग्गा प्राप्ति ऐन, २०३४ अनुसार गरिएको स्पष्ट पारेको छ। ‘भविष्यमा नेपाल विद्युत् प्राधिकरणले बनाउने सब–स्टेसन पनि रहने गरी उक्त परिमाणको जग्गा अधिग्रहण गरिएको हो,’ एमसिए नेपालद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘त्यहाँका १०२ घरपरिवारका १९५ कित्ता जग्गा अधिग्रहणमा  परेका थिए।

ती जग्गा एवं ती जग्गामा रहेका संरचनाको अधिग्रहणबापत मुआब्जा रकम नेपालको विद्यमान कानुन र अन्तर्राष्ट्रिय वातावरणीय निर्देशिका एवं मापदण्ड अनुसार भुक्तानी गरिएको थियो।’ यो सब–स्टेसन निर्माणसम्बन्धी सम्पूर्ण कार्य सञ्चालन नेपाल सरकारले गठन गरेको एमसिए–नेपाल विकास समितिले गर्ने गर्दछ।’

प्रकाशित: ३२ श्रावण २०७८ ०४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App