अर्थ

आइसिएफसीको २०औं शाखा सञ्चालनमा

आइसिएफसी फाइनान्स लिमिटेडले रूपन्देहीको तिलोत्तमा नगरपालिका, वडा नम्बर १ ड्राइभरटोलमा २०औं शाखा सञ्चालनमा ल्याएको छ।  

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले उक्त शाखा उद्घाटन गरेका छन्।

कम्पनीले मोबाइल बैंकिङ, इन्टरनेन्ट बैंकिङ, लकर सेवा, एटिएम सेवा, सी–आस्बा सेवा, डिम्याट, मेरो सेयर सेवा, रेमिटेन्स सेवा, विभिन्न प्रकारका निक्षेप, कर्जा सुविधा तथा अन्य सम्पूर्ण अत्याधुनिक डिजिटल बैंकिङ लगायत सुविधा दिँदै आएको जनाएको छ।  

प्रकाशित: ३१ श्रावण २०७८ ०३:२४ आइतबार

आइसिएफसी शाखा सञ्चालनमा