अर्थ

महालक्ष्मीको बाल बचत बिमा योजना

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले महालक्ष्मी बाल बचत बिमा योजना सार्वजनिक गरेको छ। कम्पनीका अध्यक्ष मनोरञ्जनरमण शर्माले उक्त योजनाको बिक्री वितरण सुरु गरेका हुन्। उक्त योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम बहनको सुविधा रहेको कम्पनीको विज्ञप्तिमा छ। 

बच्चा जन्मेको एक महिनादेखि १८ वर्ष नपुगुञ्जेल उक्त बिमालेख लिन सकिने र बिमा अवधि छनोट बच्चा १८ वर्ष पुगेपछि ३५ वर्ष नपुग्दासम्मको अवधि राखी पाँचदेखि २५ वर्षका लागि गर्न सकिने विज्ञप्तिमा उल्लेख छ। बच्चा बालिग भइसकेपछि बिमालेखको अख्तियारी पूर्ण रूपमा हस्तान्तरण हुनेछ। यस योजनाअन्तर्गत बिमा अवधि समाप्तिमा बिमांक र आर्जित बोनस रकम प्रदान गरिने कम्पनीले जनाएको छ। 

प्रकाशित: २९ श्रावण २०७८ ०१:४८ शुक्रबार

बिमालेख बाल बचत कम्पनीको विज्ञप्ति महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड