अर्थ

महालक्ष्मी विकास बैंक र होटल शम्बलाबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडको महाराजगन्ज शाखाको अगुवाइमा होटल शम्बला प्रालिसँग सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका ग्राहकले होटलका विभिन्न सेवा शुल्कमा छुट पाउनेछन्। सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले फुड एन्ट बेभरेजमा अधिकतम १५ प्रतिशत र स्पा सेवामा १० प्रतिशत छुट पाउने छन्। 

सम्झौतापत्रमा होटलका सञ्चालन प्रबन्धक रबिन मानन्धर र बैंकका उक्त शाखाका प्रमुख पल्लभ श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

प्रकाशित: २८ श्रावण २०७८ ०१:३७ बिहीबार

महालक्ष्मी विकास बैंक होटल शम्बला प्रालि फुड एन्ट बेभरेज डेबिट कार्ड