अर्थ

नेपाल बैंकको सहयोगमा पुकु दिदी पुस्तकालय स्थापना

वागमती माध्यमिक विद्यालयमा पुकु दिदी पुस्तकालयको स्थापना गरिएको छ। सर्लाही जिल्लाको विकट गाउँ सीसौट, वडा नं.४ स्थित सो विद्यालयमा नेपाल बैंक लि. र पुकु दिदी फाउन्डेशनको सहयोगमा आठवटा कम्प्युटरसहित पुस्तकालय स्थापना गरिएको हो।

गाउँपालिका अध्यक्ष नीतुदेवी यादवले सो पुस्ताकालयको उद्घाटन गरेकी थिइन्। कार्यक्रममा मनराम फाउन्डेशन र पुकु दिदी फाउन्डेशनको सहयोगमा पुस्तकालय स्थापना गरिएको बताउँदै फाउन्डेशनका अध्यक्ष शुभा पौडेलले ती सामग्री हस्तान्तरण गरेकी थिइन्।

सो क्षेत्रका १२ सय छात्र–छात्राहरुको शिक्षाको गुणस्तर सुधारका लागि पुकु दिदी फाउन्डेशनले २०७५ सालदेखि छात्रवृत्तिका अतिरिक्त अन्य आवश्यक सहयोग गरिररहेको छ।

प्रकाशित: २७ श्रावण २०७८ १२:०८ बुधबार