अर्थ

कृषि विकास बैंकको ऋणपत्र सूचीकरण गर्न सम्झौता

कृषि विकास बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच धितोपत्र सूचीकरणसम्बन्धी सम्झौता भएको छ। आवश्यक प्रक्रिया पूरा गरी नियमानुसार बाँडफाँड समेत भई सम्बन्धित निकायमा अभिलेख तथा दर्ता गरिएको बैंकको एक हजार रूपैयाँ अंकित दरका ६० लाख कित्ता (४ प्रतिशत ब्याजदर) कृषि ऋणपत्र सूचीकरण गरी दोस्रो बजारमा कारोबार गर्न बैंक र नेप्सेबीच सम्झौता भएको हो। 

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र नेपाल स्टक एक्सचेन्जका चन्द्रसिंह साउदले हस्ताक्षर गरेका छन्। सम्झौतापछि बैंकको कृषि ऋणपत्रको दोस्रो बजारमा कारोबार सुरु हुनेछ। 

प्रकाशित: २७ श्रावण २०७८ ०२:३८ बुधबार

कृषि विकास बैंक नेपाल स्टक एक्सचेन्ज लिमिटेड धितोपत्र