अर्थ

टिभिएस किङ डयुरोम्याक्स प्लस सार्वजनिक

नेपालको लागि टिभिएस थ्री ह्विल रको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले टिभिएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको छ। सवारी साधनको रूपमा सञ्चालन गर्नयोग्य यो थ्री ह्विलर नेपालको लागि अत्यन्त उपयुक्त  रहेको कम्पनीले जनाएको छ।

यसको इन्जिन चार स्ट्रोक  र लिक्विड कुल्ड प्रविधिको छ। सर्वाधिक शक्तिशाली २२५ सिसीको दमदार इन्जिन जडित यो थ्री ह्विलर इलेक्ट्रिक तथा हात दुवै प्रकारले स्टार्ट गर्न सकिन्छ। ४७५० आरपिएममा ७.५ किलोवाट शक्ति प्रदान गर्ने  र २२७५ आरपिएममा १८ एनएम टर्क दिने क्षमता भएको हुँदा चलाउनलाई सजिलो  र सवार यात्रुले समेत आराम अनुभव गर्न सक्ने कम्पनीको दाबी छ। जगदम्बा मोटर्स प्रालिका डाइरेक्टर दीपककुमार अग्रवालका अनुसार टिभिएस ड्युराम्याक्स प्लस थ्री ह्विलरकोे प्रतिलिटर ३०+२ किलोमिटर माइलेज छ। 

प्रकाशित: २७ श्रावण २०७८ ०२:११ बुधबार

आधिकारिक वितरक थ्री ह्विलर इलेक्ट्रिक आरपिएम