अर्थ

आइएमई मोटर्सद्वारा एमबुलेन्स हस्तान्तरण

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालीद्वारा प्रवद्धित अशोक लेलैण्डले तनहुँको डुम्रेस्थित सजन युवाक्लब साथै शान्ति आमा समूहलाई दोस्त मोडलमा निर्मित सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेको छ। आइएमई मोटर्सका कर्पाेरेट सेल्स हेड सुशिल राणा थापाले एम्बुलेन्सको साँचो तनहुँ उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठ साथै क्लबका अन्य सदस्यलाई सो एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका छन्।  

उक्त एम्बुलेन्स अरू एम्बुलेन्स भन्दा दोस्त एम्बुलेन्स धेरै ठुलो र फराकिलो रहेको हुँदा बिरामी साथै बिरामीका सदस्य र डाक्टर बस्न मिल्ने ब्यवस्था गरिएको हुदा टाढा अस्पताल पुग्नुपर्दा सजिलै लिएर जनाईएको छ।  

आइएमई मोटर्सले दोस्त एम्बुलेन्स साथैएडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरू कर्पाेरेट सेल्सको माध्यमबाट विक्रीवितरण गर्दै आएको छ। गत वैशाखमा आइएमई मोटर्सद्धारा पाँच वटा एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स भारतीय राजदूतावासलाई पनि हस्तान्तरण गरिएको थियो। आइएमई मोटर्सले एम्बुलेन्स सहित विषेश सुविधायुक्त दमकल, मोर्टर्युरी भ्यान, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठुला कम्रसियल गाडीको बिक्रि वितरण गर्दै आएको छ। 

प्रकाशित: २६ श्रावण २०७८ ०७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App