अर्थ

क्यान महासंघको अन्तरक्रिया

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संस्थासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि महासंघ र यससँग सम्बन्धित संस्थाबीच आगामी दिनमा हुनुपर्ने संस्थागत, कार्यगत र नीतिगत सहकार्य, नेपालमा यो क्षेत्रको विकासको निम्ति आगामी दिनमा आइपर्ने समस्या एवं चुनौती र नेपालले आगामी दिनमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि लिनुपर्ने नीतिबारे सुझाव दिने सकिने विषययमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको होे।

कार्यक्रममा महासंघका अध्यक्ष नवराज कुँवरले नेपालको आर्थिक विकासका निम्ति अबको परिसूचक सूचना प्रविधिको विकास र प्रयोगबाहेक अरू हुन नसक्ने बताए। 

प्रकाशित: २५ श्रावण २०७८ ०२:१८ सोमबार

कम्प्युटर एसोसिएसन नेपाल महासंघ सूचना तथा सञ्चार प्रविधि क्षेत्र नेपालको आर्थिक विकास