अर्थ

प्रभु क्यापिटल र मकर जितुमाया सुरी हाइड्रोपावरबीच सम्झौता

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। उक्त हाइड्रोपावरको प्रारम्भिक सेयर निष्कासन तथा बिक्रीका लागि दुई कम्पनीबीच सम्झौता भएको हो। हाइड्रोपावरका कार्यकारी अध्यक्ष हिमाल गुरुङ र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले सम्झौतापत्रमा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।  

कम्पनीले पुँजी ७६ करोडको ३० प्रतिशत २२ करोड ८० लाख बराबरको २२ लाख ८० हजार कित्ता प्रारम्भिक सेयर निष्कासन गर्नेछ। यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि सात लाख ६० हजार कित्ता र बाँकी सर्वसाधारणका लागि निष्कासन गर्नेछ।सो कम्पनीले निर्माण गरिरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फन्डको समेत लगानी छ।

प्रकाशित: १९ श्रावण २०७८ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App