अर्थ

एनएमबि बैंकले नेक्सन इभी किन्न कर्जा दिने

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र एनएमबि बैंक लिमिटेडबीच सम्झौता भएको छ। अब टाटा मोटर्सको इलेक्ट्रिक भेहिकल नेक्सन इभी किन्न चाहने खरिदकर्ताले एनएमबि बैंकको नेपालभरका शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन्।  

उक्त कर्जा सम्झौता अन्तर्गत नेक्सन इभी खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले शून्य प्रतिशत प्रिमियम सहित बैंकको बेस रेट ब्याजदरमा एनएमबि बैंकका नेपालभरका शाखाबाट कर्जा प्राप्त गर्न सक्नेछन्। बैंकले २४ कार्य घन्टाभित्र ८० प्रतिशतसम्म फाइनान्सको सुविधा उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ।  

उक्त सम्झौतापत्रमा सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति र एनएमबि बैंकका व्यापार तथा रणनीति प्रमुख अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरेका छन्। टाटाका गाडी खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थालाई सहज रूपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो। नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको निर्देशन, परिपत्र तथा बैंकको नीति अनुसार ग्राहकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ।  

प्रकाशित: १९ श्रावण २०७८ ०२:२१ मंगलबार

एनएमबि बैंक