अर्थ

मलेसियन साबुन सार्वजनिक

प्यासिफिक इन्टरलिंक, मलेसियाले नेपालमा आफ्ना दुई नयाँ उत्पादन सार्वजनिक गरेको छ। कम्पनीले मलेसियामा उत्पादित जुलियट ब्युटी सोप र मेडिट्विस्ट एन्टिब्याक्टोरियल सोप नेपालमा सार्वजनिक गरेको हो। 

यी साबुन विश्वका विभिन्न देशमा परिचित नाम बन्न सफल रहेको कम्पनीले जनाएको छ। सार्वजनिक गरिएका साबुनहरू व्यक्तिगत सरसफाइका लागि उत्कृष्ट रहेको समेत कम्पनीको दाबी छ। यी साबुनहरू विभिन्न सुगन्धमा उपलब्ध छन्।  

 

प्रकाशित: १८ श्रावण २०७८ ०३:१० सोमबार

मलेसियन साबुन