अर्थ

होन्डा सिबी ३५० आरएस नेपालमा

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले बहुप्रतीक्षित होन्डाको सिबी ३५० आरएस नेपाली बजारमा लन्च  गरेको छ।

नेपालमा होन्डा सिबी मोडलका बाइकहरूले विशेष पहिचान बनाएको कम्पनीको दाबी छ। यस सिबी ३५० आरएसले पनि नेपाली बाइकरको मनमा एक छुट्टै स्थान बनाउने कम्पनीको विश्वास छ। आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीको लागि निर्मित यस बाइकमा ३५० सिसीको इन्जिन छ। आधुनिक विशेषताले भरिपूर्ण दाबी गरिएको उक्त बाइक डुअल टोन फ्युल ट्ंयाकमा ब्ल्याक विथ पर्ल स्पोर्टस एलो र पिन स्ट्रिपिङ फ्युल ट्ंयाकमा रेडिएन्ट रेड मेटालिक गरी दुई रङमा उपलब्ध छ।  

एडभान्स डिजिटल एनालग मिटर, डुअल च्यानल एबिएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज, यस बाइकको धेरैमध्येका केही विशेषता रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। नेपाली बजारमा यस बाइकको मूल्य सात लाख ७५ हजार रूपैयाँ तोकिएको छ।

प्रकाशित: १८ श्रावण २०७८ ०३:०६ सोमबार

होन्डा सिबी ३५० आरएस नेपालमा