अर्थ

सिप्रदी र शिखर इन्स्योरेन्सबीच सम्झौता

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच अटो प्लसमा सम्झौता भएको छ। उक्त सम्झौतामा सिप्रदी ट्रेडिङका उप–सभापति सौरवराजथपलिया र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन्। 

सम्झौता टाटा मोर्टसद्वारा उत्पादित गाडीहरू टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागू हुनेछ। अटो प्लस स्किम सवारी साधन दर्ता भएको मितिबाट पाँच वर्षसम्म लागू हुनेछ। साथै यो स्किम व्यापक मोटर बिमा पोलिसीमा मात्र लागू हुने बताइएको छ। जस अन्तर्गत शून्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको लागि दैनिक भाडादर तीन हजार रूपैयाँ र टाटा एस/टाटा इन्ट्राका लागि भाडादर एक हजार पाँच सय क्षतिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापन योजना लगायतका फाइदा छन्।  

यो योजनामा सहभागी हुन ग्राहकले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङ प्रालिको पायक पर्ने आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बिमा दाबी गर्न सकिने छ। 

प्रकाशित: १५ श्रावण २०७८ ०२:५५ शुक्रबार

सिप्रदी शिखर इन्स्योरेन्स