अर्थ

१९ सहकारी संस्थालाई वार्षिक प्रतिबेदनको सक्कलप्रति बुझाउन ताकेता

प्रदेश १ को सहकारी रजिष्ट्रार कार्यालय इटहरीले प्रदेश १ का १९ सहकारी संस्थालाई आर्थिक वर्ष २०७६।०७७ को लेखा परीक्षणसहितको वार्षिक प्रतिबेदन बुझाउन अन्तिम मौका दिएको छ। प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले पटक–पटकको ताकेता पश्चात आर्थिक वर्षको अन्त्यमा इमेलमार्फत संस्थाको बिवरण प्राप्त भएको भन्दै यथाशीघ्र सक्कल प्रतिबेदन बुझाउन भनेको हाे। 

प्रदेश सहकारी रजिष्ट्रार बलराम निरौलाका अनुसार आवको अन्त्यमा इमोलमार्फत संस्थाको बिवरण पठाएपछि वार्षिक प्रतिबेदनमा समावेश गरिएको तर सक्कल प्रतिबेदन नबुझाए अन्य प्रकृयामा असर गर्ने भएकोले सम्वन्धित सहकारी संस्थाले तोकिएको जरिवाना तिरी अनिवार्य सक्कल प्रतिबेदन बुझाउनुपर्ने हुन्छ। 

प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले अनुसार मोरङ बिराटनगरमा रहेको अत्रि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कन्काइ नगरपालिका सुरुङ्गामा रहेको भीमसेन बचत तथा ऋण सहकारी संस्था, दमक नगरपालिका वडा नं ६ झापामा रहेको ओम सतासी बचत तथा ऋण सहकारी संस्था,बिर्तामोड नगरपालिका वडा नं ७ झापामा रहेको सुनकोशी बचत तथा ऋण सहकारी संस्था र उर्लाबारी नगरपालिका वडा नं ४ मोरङमा रहेको पञ्चशिल बचत तथा ऋण सहकारी संस्थालाई सक्कल प्रतिबेदन बुझाउन पत्र काटेको छ। 

यस्तै म्याङ्लुङ नगरपालिका वडा नं ४ तेह्रथुममा रहेको शिक्षकहित बचत तथा ऋण सहकारी संस्था, पाँचथरको फिदिममा रहेको सुम्हात्लुङ सञ्चार सहकारी संस्था, झापास्थित बिर्तामोड नगरपालिकामा रहेका सजिलो बचत तथचा ऋण सहकारी संस्था र निरन्तर बचत तथा ऋण सहकारी संस्था तथा बुद्धशान्ति गाउँपालिकामा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था, सुनवर्षी वडा नं ६ मोरङमा रहेको नव त्रिबेणी बहुउद्देश्यीय सहकारी संस्था तथा उर्लावारी नगरपालिकामा रहेको रोजगार बचत तथा ऋण सहकारी संस्थालाई पनि प्रदेश सहकारी रजिष्ट्ररको कार्यालयले प्रतिबेदन बुझाउन पत्र काटेको छ। 

यसैगरि, मोरङ बिराटनगरमा रहेको पूर्वेली बचत तथा ऋण सहकारी संस्था, पाँचथरको फिदिम नगरपालिका वडा नं ४ मा रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्था र झापा जिल्लाका क्रमशः भद्रपुर नगरपालिका वडा नं १५ रहेको स्वप्नादेवी बहुउद्देश्यीय सहकारी संस्था, कन्काइ नगरपालिका वडा नं ३ मा रहेको दोमुखा बहुउद्देश्यीय सहकारी संस्था तथा भद्रपुर नगरपालिका वडा नं १० स्थित झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई आव २०७६।०७७ को लेखा परीक्षण प्रतिबेदनसहितको वार्षिक प्रगति प्रतिबेदनको सक्कल प्रति बुझाउन अन्तिम मौका दिइएको हो।

प्रकाशित: १० श्रावण २०७८ १२:२४ आइतबार

सहकारी संस्था वार्षिक प्रतिबेदन प्रदेश १