अर्थ

दराजको योजनामा म्याक बुक प्रो १३ र आइफोन १२ जित्ने

अनलाइन बजार दराजले आइतबारदेखि दराज महाबचत बजार सुरु हुने घोषणा गरेको छ। यस अभियानको मुख्य उद्देश्य ग्राहकका लागि बचत प्रवद्र्धन गर्नु रहेको कम्पनीको भनाइ छ। अभियान अन्तर्गत चार हजार रूपैयाँसम्मको छुट, बैंक कार्ड वा आइएमई पेमार्फत अनलाइन प्रि–पेमेन्टमा दुई हजारसम्म छुट, एक रूपैयाँमा आइफोन १२ जित्ने मौका, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका, निःशुल्क डेलिभरी, निःशुल्क भौउचर साथै थुप्रै अरू पुरस्कार जित्न सकिने बताइएको छ।  

यस अभियानको लागि, नाबिल, सानिमा, माछापुच्छ्रे र एनएमबि बैंकका कार्डधारकले प्रि–पेमेन्टमा आकर्षक छुट लिन सक्ने बताइएको छ। यी बैंकका डेबिट कार्डधारकले १५ प्रतिशत छुट पाउनेछन् भने क्रेडिट कार्डधारकले कार्ड प्रि–पेमेन्टमा २० प्रतिशत छुट पाउनेछन्।  

त्यस्तै, आइएमई पे खातामार्फत प्रि–पेमेन्ट गर्नेले सबै खरिदमा २० प्रतिशत छुट पाउने छन्। यसबाहेक, पहिलोपटक भिसा कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्म हुने बताइएको छ। भिसा डेबिट कार्डमार्फत प्रि–पेमेन्ट गर्दा १५ प्रतिशतसम्म छुट र भिसा क्रेडिट कार्डमार्फत पूर्व–भुक्तानीमा २० प्रतिशत छुट पाउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३ श्रावण २०७८ ०२:३५ आइतबार

दराजको योजना आइफोन १२ जित्ने