अर्थ

खोप ल्याउन वाइडबडी चीनतर्फ

 चीनबाट भेरोसेल खोप ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यसतर्फ प्रस्तान गरेको छ। अर्काे हप्तादेखि लगाउन सुरु गरिने उक्त खोप ल्याउन निगमले आजबाट उडान सुरु गरेको छ।

५५ वर्षमाथिका नागरिकलाई प्राथमिकतामा राखेर ल्याउन लागिएको खोप ल्याउन निगमले तीनवटा उडान गर्ने जनाएको छ। निगमको बाइडबडी ए३३० जहाजबाट साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको निगमले जनाएको छ। खोप बोकेर जहाज शुक्रबार विहान नेपाल आइपुग्ने छ।

उक्त जहाज असार ३१ गते र साउन ७ गते खोप लिन पुनः चीन जाने निगमको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: २५ असार २०७८ ०५:५६ शुक्रबार

वाइडबडी चीनतर्फ