अर्थ

खाद्य उद्योग सञ्चालकविरुद्ध नौ करोडको मुद्दा

राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको आरोपमा एक खाद्य उद्योगका सञ्चालक सहित तीनजनाविरुद्ध सवा नौ करोड रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। 

चितवन, रत्ननगर–८, देवौलीमा रहेको शिवशक्ति खाद्य उद्योग प्रालिका सञ्चालक दिनेशकुमार अग्रवालसहित तीनजनाविरुद्ध मुद्दा दायर गरेको हो। विभागले अग्रवालसहित तीनजनाविरुद्ध नौ करोड २७ लाख ३७ हजार बिगो बराबरको राजस्व छली गरेकाले जरिवाना र कैद सजाय माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। 

विभागले सञ्चालकद्वय दिनेशकुमार र सीमा अग्रवाल तथा थपलिया ट्रेड सप्लायर्सका प्रोपाइटर रामप्रसाद थपलियाले वास्तविक खरिदबिक्री नदेखाई मूल्य अभिवृद्धिकर, लाभांश कर र आयकरसमेत छलेको दाबी गरेको छ। 

प्रकाशित: २४ असार २०७८ ०४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App