महालक्ष्मी नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको छ। असार ९ गतेबाट सुरु भएको सभा १२ दिनपछि सोमबार सम्पन्न भएको हो।
नगरपालिकाका प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा सम्पन्न भएको सभाले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ। असार ९ गते नगरसभामा मेयर नेपालले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
प्रकाशित: २३ असार २०७८ ०२:०० बुधबार