अर्थ

जगदम्बाको नयाँ फ्याक्ट्री उद्घाटन

जगदम्बा स्टिल्सका संस्थापक अध्यक्ष शंकरलाल अग्रावालले कम्पनीको आगामी उत्पादन जगदम्बा सुपर साइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) फ्याक्ट्रीको उद्घाटन गरेका छन्। कम्पनील अत्याधुनिक प्रविधियुक्त भनेको फ्याक्ट्री बाराको सिमरामा छ। उक्त सिआरएम मिलको जटिल डिजाइन, जडान कार्य, कमिसनिङ सोही कम्पनीका भाइस प्रेसिडेन्ट प्रभात मिश्राले गरेको विज्ञप्तिमा उल्लेख छ। उनी ग्याल्भालुम तथा कलर कोटिङ उत्पादन प्रविधिका विज्ञ रहेको कम्पनीको भनाइ छ।  

जगदम्बा स्टिल्सले नेपाली बजारमा ग्याल्भलुम रंगीन तथा सादा जस्ता पाता भित्र्याउने तीव्र तयारी गरिरहेको कम्पनीले केही समययता जानकारी दिँदै आएको थियो। विभिन्न रंगको विकल्पमा उपलब्ध जस्तापातालाई सुपर साइन र उही विशेषता तर सादा रंगमा उपलब्ध जस्तापातालाई ग्याल्भा प्लस नाम दिइएको हो। नेपालको पहिलो पूर्ण स्वचालित गाल्भालुम लाइन प्रविधिबाट उत्पादन हुुने जगदम्बा सुपर साइन तथा ग्याल्भा प्लस अन्य साधारण जस्तापाताको तुलनामा अत्यधिक मजबुत र टिकाउ हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २३ असार २०७८ ००:४२ बुधबार

जगदम्बा फ्याक्ट्री उद्घाटन