अर्थ

ताप्लेजुङमा असार ३१ सम्म निषेधाज्ञा थपियाे

साविककै सर्त र मापदण्डमा ताप्लेजुङमा निषेधाज्ञाको अवधि असार ३१ सम्मलाई थप भएको छ। सोमबार बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले अन्तर जिल्ला र अन्तरपालिकाबाट हुने आवागमनमा थप कडाइ गर्दै साविककै सर्त र मापदण्डमा निषेधाज्ञाको अवधि थप गर्ने निर्णय लिएको हो।  

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार अब असार ३१ सम्म साविक झैं फुङ्लिङका बजार पसल दिउँसो १ बजेसम्म खुल्ला हुने छन्। भौतिक दूरी कायम गर्ने र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर बेलुकी ५ बजेसम्म बजार तथा पसल खुल्ला गर्ने प्रशासनको प्रस्तावमा बाणिज्य संघकै पदाधिकारीले साविककै सर्त र अवधिसम्म मात्र खुल्ला गर्नुपर्ने प्रस्ताव गरेको प्रशासन कार्यालयले जनाएको छ। 

त्यसै अनुरुप दिउँसो १ पछिको बजार बन्दको पूर्णतया दायित्व बाणिज्य संघलाई नै दिने निर्णय भएको प्रजिअ पाण्डेले बताए। ‘उहाँहरु आफैंले नियमन गर्ने र प्रशासनले समन्वय र सहजीकरण कार्य हुने छ’, प्रजिअ पाण्डेले भने। निर्णय कार्यान्वयन गर्न प्रशासनले कुनै कञ्जुस्याइँ नगर्ने समेत उनले दोहार्‍याए। ‘प्रत्येक व्यक्तिले अब आफू कसरी संक्रमणबाट बच्ने हो भनेर सोच्ने र सोहि अनुसार सावधान बन्ने हो’, पाण्डेले भने।

प्रकाशित: २१ असार २०७८ १२:२७ सोमबार

निषेधाज्ञा