शिवम् सिमेन्टले एनएस–५७२ अन्तर्गत ५३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरी उत्पादन सुरु गरेको छ। शिवम् यसअघि ४३ ग्रेड ओपिसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको थियो। ५३ ग्रेडको सिमेन्ट उत्पादन अनुमतिसँगै शिवम् सर्वोत्कृष्ट ओपिसी सिमेन्ट उत्पादन र बिक्री गर्ने तथा एनएस क्वालिटी अर्वाड–२०१९ बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी बन्न सफल भएको विज्ञप्तिमा दाबी गरिएको छ।
ओपिसी सिमेन्ट मात्रै उत्पादन गर्दै आइरहेको शिवम्ले निरन्तर गुणस्तरीय उत्पादनकै कारण सिमेन्ट जगतमै पहिलोपटक एनएस क्वालिटी अर्वाड–२०१९ पाएको जनाएको छ। शिवम्ले गुणस्तरिय उत्पादनकै फलस्वरूप फेरि एनएस–५७२ को अनुमति तथा मान्यता प्राप्त गरी ५३ ग्रेड तथा ४३ ग्रेडको सिमेन्ट उत्पादन अनुमति पाएको बताइएको छ।
यसअघि नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–४९ प्रामाणीकरण गर्दै आइरहेको थियो। त्यस अन्तर्गत उत्पादित सिमेन्ट कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलब्ध थिए। नेपालमा एनएस ४९ को मापदण्ड अनुरूप उत्पादन तथा बिक्री वितरणको मान्यता दिँदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एनएस–५७२ को अवधारणा सहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अघि बढाएको हो।
प्रकाशित: २१ असार २०७८ ०६:२० सोमबार