अर्थ

कलंकीमा निसान र ड्याटसनको सोरुम

निसान र ड्याटसन मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले कलंकीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ। निसान र ड्याटसनको आधिकारिक डिलर मेगा मोटर्सले उक्त सोरुम सञ्चालन गर्नेछ। महाराजगन्ज र बालकुमारीपछि यो मेगा मोटर्सको तेस्रो सोरुम हो।

पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप शारडाका अनुसार, कलंकीको यो नयाँ सोरुम सञ्चालनमा आएसँगै ग्राहक केन्द्रित सेवा विस्तार थप सहज हुनेछ र उपत्यका कुनै पनि ठाउँका ग्राहकलाई सजिलैसँग सेवा प्रदान गर्न सकिनेछ।

कम्पनीका अनुसार काठमाडौं उपत्यकाको बढ्दो मागलाई मध्यनजर गर्दै सहज आपूर्तिको लक्ष्यसहित यो सोरुम सञ्चालनमा ल्याइएको हो। साथै अब उक्त सोरुमबाट पनि निसानको नयाँ लोगो भएको बिग बोल्ड ब्युटिफुल म्यागनाइट खरिद गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २० असार २०७८ ०६:४५ आइतबार

निसान र ड्याटसनको सोरुम