अर्थ

आर्टिफिसियल इन्टेलिजेन्स तालिम सञ्चालन हुँदै

आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा ख्याति कमाएको सेवा प्रदायक संस्था फ्युजमेसिन इन्कले आर्टिफिसियल इन्टेलिजेन्स तालिम सञ्चालन गर्ने भएको छ। यो नेपालको लागि अहिलेसम्मकै नयाँ एआई कार्यक्रम रहेको कम्पनीले जनाएको छ। 

अनलाइनमार्फत हुने तालिम कार्यक्रम चार हप्तासम्म चल्नेछ। कम्प्युटर विज्ञान वा यससम्बन्धी प्राविधिक ज्ञान सीप पटक्कै नभएका वा सीमित ज्ञान भएका पेसाकर्मी तथा कम्प्युटरमा काम गरिरहेका तर एआई सम्बन्धी पुष्ठभूमि नभएका व्यक्तिलाई सहभागी गराएर लाभान्वित गर्ने तयारी रहेको कम्पनीले जनाएको छ।  

यस तालिम कार्यक्रमको मुख्य लक्ष्य सहभागीलाई एआईका बारेमा आधारभूत ज्ञान सीपयुक्त बनाउनु रहेको विज्ञप्तिमा उल्लेख छ। तालिम कार्यक्रममा आठवटा प्रत्यक्ष अनलाइन सत्रहरू समावेश गरिएको छ। ती सत्रको क्रममा अमेरिकाका एआई क्षेत्रका उल्लेखनीय विज्ञ, प्राध्यापकहरू र कम्प्युटर वैज्ञानिकले गेस्ट लेक्चरको रूपमा कक्षा लिनेछन् भने प्रोगामिङ सम्बन्धी प्रयोगात्मक कक्षाहरू पनि सञ्चालन गरिने बताइएको छ। 

प्रकाशित: १८ असार २०७८ ०१:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App