अर्थ

आन्तरिक उडानको टिकट बुकिङ खुला

असार १७ गतेबाट हुने नियमित उडानका लागि आन्तरिक वायुसेवा कम्पनीले टिकट बुकिङ लिन थालेका छन्। बुद्ध एयर र यति एयरलाइन्सले टिकट बुकिङ सुरु भएको जानकारी गराएका छन्। 

सरकारले साबिकको तुलनामा ५० प्रतिशत ननाघ्ने गरी आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको हो। सरकारले एक साताको समय राखी १ जुलाईबाट उडान गर्न अनुमति दिएको हो। 

वायुसेवा कम्पनीहरूका अनुसार यात्रुले मोबाइल एप, वेबसाइट, रिजर्भेसन, नजिकको सेल्स काउन्टर वा ट्राभल एजेन्सीबाट समेत टिकट काट्न सक्ने छन्।

प्रकाशित: १३ असार २०७८ ०३:०३ आइतबार

आन्तरिक उडानको टिकट बुकिङ खुला