अर्थ

समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनःकर्जाको सुविधा

नेपाल राष्ट्र बैंकले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनःकर्जा उपलब्ध गराउने भएको छ। केन्द्रीय बैंकले शुक्रबार ‘नेपाल राष्ट्र बैंक पुनःकर्जा कार्यविधि, २०७७’ संशोधन गरी समस्यामा परेका आयोजनालाई राहत दिने व्यवस्था गरेको हो।

निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले सङ्कटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका आयोजनालाई त्यस्तो सुविधा दिइनेछ। कूल १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनालाई बढीमा एक वर्षसम्म पुनःकर्जा प्रदान गरिनेछ। अध्ययन समितिले १० मेगावाटभन्दा साना विभिन्न ३५ आयोजनामा समस्या रहेको निष्कर्ष निकालेको थियो। कोरोनाका कारणले समस्यामा परेका आयोजनालाई पनि यस्तो सुविधा उपलब्ध हुनेछ।

केन्द्रीय बैंकले प्रतिग्राहक १५ लाख रुपैयाँसम्मको लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, पाँच करोड रुपैयाँसम्मका विशेष र साधारण पुनरकर्जा उपलब्ध लगराएको छ। उक्त कर्जा क, ख र ग वर्गका इजाजतप्राप्त संस्थालाई एकमुष्ठ रुपमा प्रदान गरिन्छ। रासस

प्रकाशित: १२ असार २०७८ ०२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App