अर्थ

भक्तपुरमा करसम्बन्धी अन्तरक्रिया

भक्तपुर घरेलु तथा साना उद्योग संघ तथा भक्तपुर चेम्बर अफ कमर्शको संयुक्त आयोजनामा भक्तपुरमा कर सम्बन्धी अन्तरक्रिया भएको छ।

आर्थिक वर्ष २०७८/७९मा नेपाल सरकारले आयकरमा व्यवस्था गरेको छुट सुविधा तथा संशोधन सम्बन्धमा आन्तरिक राजश्व कार्यालय भक्तपुरसँग वेविनार अन्तरक्रिया गरिएको भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजाले बताए।

अन्तरक्रियामा आन्तरिक राजश्व कार्यालय भक्तपुरका कर अधिकृत राजकुमार पोखरेलले कर व्यवस्थामा गरेका विभिन्न छुट सुविधा तथा संशोधन गरेका बुदाँह?बारे जानकरी गराएका थिए। कार्यक्रममा विभिन्न उद्यमीह?ले राखेका जिज्ञासाबारे आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत गगनकुमार विके तथा सहजकर्ता कर अधिकृत पोखेरेलले प्रष्ट्याएका थिए।

सो कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुछे मानन्धर, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजा, निवर्तमान अध्यक्ष विरेन्द्र जति चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य रोशन भोयद्यो, चेम्बर भक्तपुरका सचिव सुरेन्द्र श्रेष्ठ लगायतले करबारेमा धारणा राखेका थिए।

प्रकाशित: १० असार २०७८ १४:४६ बिहीबार

भक्तपुर घरेलु तथा साना उद्योग संघ