कामना सेवा विकास बैंकले ललितपुर महानगरपालिका वडा नम्बर १३, नख्खु दोबाटोमा शाखा विस्तार गरेको छ। यो बैंकको एक सय २५औं शाखा हो। बैंकका अध्यक्ष सुदिप आचार्यले भर्चुअल माध्यमद्वारा उक्त शाखाको उद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।
हाल बैंकले एक सय २५ शाखा, एक विस्तारित काउन्टर तथा ६६ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।
प्रकाशित: ७ असार २०७८ ०५:४४ सोमबार