अर्थ

माछापुच्छ्रे बैंकबाट सहयोग

कोरोना उपचारका लागि स्थापना गरिएको विराटनगरस्थित नागरिक केयर सेन्टरलाई माछापुच्छ्रे बैंक लिमिटेडले तीन लाख रूपैयाँ सहयोग प्रदान गरेको छ।  

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उक्त रकम उपलब्ध गराएको हो। माछापुच्छ्रे बैंक विराटनगर शाखाका प्रबन्धक चन्दन पोखरेल र प्रतिनिधि रूपेश थापाले तीन लाख रूपैयाँको चेक नागरिक केयर सेन्टरका अध्यक्ष पवनकुमार सारडालाई हस्तान्तरण गरेका हुन्।

प्रकाशित: ३ असार २०७८ ०२:५५ बिहीबार

माछापुच्छ्रे बैंक लिमिटेड