अर्थ

पहिरोले पासाङ ल्हामु मार्गको विभिन्न स्थानमा सडक अवरुद्ध

अविरल वर्षाका पासाङ ल्हामु मार्गको विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ। दुई दिनदेखि वर्षा हुँदा पासाङ ल्हामु मार्ग अन्तर्गत राम्चे धुन्चे सडक खण्डको मुलखर्कमा ढुंगा झरेर सडक अवरुद्ध भएको छ।  

त्यसैगरी धुन्चे स्याफ्रु सडक खण्ड अन्तर्गत त्रिशूली खोला र सानो भार्खु, स्याफ्रु तथा स्याफ्रु रसुवागढी सडक खण्ड अन्तर्गत तातोपानीमा सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार मुलखर्क र त्रिशूली खोलामा ढुंगा झरेर सडक अवरुद्ध भएको छ।  

सडक खुलाउनका लागि समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए। माथिल्लो क्षेत्रमा झरेको पहिरो जलविद्युत् आयोजनाहरूले र मुलखर्कमा सडक डिभिजनले खुलाउने छ।

प्रकाशित: १ असार २०७८ ०४:३१ मंगलबार

पासाङ ल्हामु मार्ग पहिरो सडक अवरुद्ध