अर्थ

आइएमई लाइफको सभा

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष रामहरि अर्यालको अध्यक्षतामा सम्पन्न सभाले सामान्य प्रस्तावतर्फ आर्थिक वर्ष ०७५/७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ। 

त्यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष ०७५/७६ को वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूची तथा एनएफआरएस प्रणाली लागू गरी तयार गरिएको वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको कम्पनीले जनाएको छ। विशेष प्रस्तावतर्फ कम्पनीको सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने, सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने लगायत अन्य कार्यसमेत गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १ असार २०७८ ०२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App