अर्थ

प्रकोप व्यवस्थापन कोषमा झण्डै ६ करोड जम्मा

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न लागि नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम सोमबार पनि चालु रह्यो।  

ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि ३१ गते सोमबारसम्ममा ५ करोड ८१ लाख ३१ हजार ८ सय ३३ रुपैयाँं ७१ पैसा बराबरको आर्थिक तथा भौतिक सहयोग जम्मा भएको छ। यसै क्रममा सोमबार मात्रै रु  १२ लाख ९१ हजार १ सय ५९ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको नगरपालिकाले जनाएको छ।  

आगामी दिनमा भक्तपुर नपाको कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा संघसंस्थाहरूले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं ०१९०३०००००७००२०००००३ मा जम्मा गर्न अथवा भक्तपुर नपामा उपलब्ध गराउन अनुरोध गरेको छ। 

प्रकाशित: ३१ जेष्ठ २०७८ ११:५० सोमबार

प्रकोप व्यवस्थापन कोषमा ६ करोड जम्मा