अर्थ

सिबिफिनद्वारा विदेशी लगानी नीतिको स्वागत

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र बैंकद्वारा जारी विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीमा गरिएको विदेशी लगानीसम्बन्धी व्यवस्था सकारात्मक रहेको ठहर गर्दै स्वागत गरेको छ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गरी सिबिफिनले विगतदेखि नै उठाइरहेको माग सम्बोधन हुँदा नेपालमा विदेशी लगानी ल्याउन सहज हुने र अहिले भोगिरहेको लगानी अभावको मार्ग प्रशस्त गर्ने अपेक्षा गरेको छ। आर्थिक गतिविधि बढाउन ठूलो मात्रामा लगानीको आवश्यकता पर्ने उल्लेख गर्दै सरकारले लिएको दीर्घकालीन सोच र चालु १५औं पञ्चवर्षीय योजनाले लिएका लक्ष्य पूरा गर्नको लागि पनि ठूलो परिमाणमा लगानी परिचालन गर्नुपर्ने आवश्यकता रहेको वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २७ जेष्ठ २०७८ ०३:२३ बिहीबार

सिबिफिन विदेशी लगानी नीति