अर्थ

प्रदेश १ का सहकारी संस्थाले बार्षिक प्रतिबेदन नबुझाए निस्कृय सूचीमा राख्ने चेतावनी

प्रदेश १ को सहकारी रजिष्ट्रर कार्यालयले अघिल्लो आर्थिक वर्षको लेखा परीक्षणसहितको बार्षिक प्रतिबेदन पेश नगर्ने प्रदेशभरीका ५ सय ५२ सहकारी संस्थालाई जरीमाना तिरी प्रतिबेदन बुझाउन जेठ मसान्तसम्मको अन्तिम मौका दिएको छ। जेठ मसान्तसम्ममा पनि यस्तो प्रतिबेदन नबुझाउने सहकारी संस्थालाई प्रदेश सहकारी रजिष्ट्रर कार्यालयले निस्कृय सूचीमा राख्ने चेतावनी समेत दिएको छ।  

आ.व २०७६/०७७ को बार्षिक प्रतिबेदन २०७७ साल माघ मसान्त भित्रमै बुझाइ सक्नुपर्ने भएपनि सो अवधिमा प्रदेशभरीका धेरै संघ/संस्थाबाट प्रतिबेदन प्राप्त नभएको भन्दै प्रदेश सहकारी रजिष्ट्रर कार्यालय इटहरीले अन्तिम मौका दिएको हो । प्रदेश सहकारी रजिष्ट्रर बलराम निरौलाका अनुसार गत माघ मसान्त भित्रमा बुझाइ सक्नुपर्ने प्रतिबेदन सो अवधिमा नआएपछि कार्यालयले १ महिनाको मौका दिएर प्रतिबेदनका लागि ताकेता गरेको थियो ।

सहकारी संस्थाहरुले आफ्नो लेखा परीक्षणसहितको बार्षिक प्रतिबेदन साधारणसभा सम्पन्न भएको ३० दिन भित्र नियमक निकायमा बुझाइ सक्नुपर्ने कानुनी दायित्व रहेको छ । तर, तोकिएको समयावधि भित्र प्रतिबेदन प्राप्त नभएपछि प्रदेश सहकारी रजिष्ट्रर कार्यालयले प्रतिबेदन प्राप्तिका क्रममा सहजीकरण गर्दा समेत प्रदेशका अधिकाँस सदस्यले प्रतिबेदन बुझाएका छैनन् । प्रदेश सहकारी रजिष्ट्रर निरौलाका अनुसार प्रदेश सहकारी रजिष्ट्ररको कार्यालयको नियमन क्षेत्रमा १ हजार ४१ वटा सहकारी संस्था रहेका छन् । ति मध्ये ४ सय ८९ सहकारी संस्थाहरुले मात्र लेखा परीक्षणसहितको बार्षिक प्रतिबेदन बुझाएका छन् । 

सहकारी संस्थाहरुको बार्षिक प्रतिबेदनका आधारमा प्रदेश सरकारको नियमन क्षेत्रमा पर्ने निकायमा सहकारी संस्थाहरुको तथ्याङ्क प्रबिष्टी तथा अद्यावधिक हुने गर्छ । सहकारी संस्थाहरुले नबुझाउँदा यो कार्यमा समेत असर पुगेको प्रतिबेदन प्रदेश सहकारी रजिष्ट्रर कार्यालयले जनाएको छ । पटक–पटकको तागेतामा पनि सहकारी संस्थाहरुले प्रतिबेदन बुझाउन अटेर गरेपछि प्रदेश सहकारी रजिष्ट्रर कार्यालयले ति संस्थाहरुको नामावली सार्वजनिक गरेको छ । 

कार्यालयको वेबसाइट र फेसबुकपेजमार्फत प्रतिबेदन बुझाउन बाँकी रहेका सहकारी संस्थाहरुको नामावली सार्वजनिक गरिएको बताउँदै प्रदेश सहकारी रजिष्ट्रर निरौलाले नामावली प्रकाशन भएका सहकारी संस्थाहरुले जेठ मसान्त भित्र तोकिएको जरिमाना तिरी प्रतिबेदन बुझाउन अन्तिम पटक मौका दिएको बताए । उनले प्रतिबेदन बुझाउन नसक्ने अवस्था भए कार्यालयको इमेद ठेगाना sahakariregistrar.p1@gmail.com मा आधारभूत तथ्याङ्क सहित संस्था सञ्चालनमा रहेको अवस्थाको जानकारी पठाउनुपर्ने समेत बताए ।  

प्रकाशित: २४ जेष्ठ २०७८ ०६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App