अर्थ

किस्टमा निःशुल्क कोभिड ओपिडी

किस्ट शिक्षण अस्पतालले निःशुल्क ओपिडी सेवा सुरु गरेको छ। कोभिड ओपिडीमा बिरामीका लागि क्लिनिकल परामर्श, आहार परामर्श र फिजियोथेरापी जस्ता सेवा निःशुल्क उपलब्ध हुनेछन्। साथै कोभिड बिरामीका लागि अन्य परामर्श चाहिएमा आवश्यकता अनुसार निःशुल्क रूपमा उपलब्ध गराउने किस्ट शिक्षण अस्पतालले जानकारी गराएको छ।  

सामान्य आर्थिक अवस्था तथा होम आइसोलेसनमा बसेका बिरामीको लागि सहज रूपमा आएर जँचाउने व्यवस्था गरिरहेको अस्पतालको भनाइ छ। विशेषज्ञ चिकित्सकको टोलीले परामर्श रहने यस ओपिडी सेवाले बढीभन्दा बढी सस्पेक्टेड कोभिड, कोभिड पोजेटिभ र पोस्ट कोभिडको उपचार सहितको परामर्श गर्ने विश्वास दिलाएको छ।

उच्च मृत्युदर, पोस्ट कोभिड कम्प्लिकेसन जस्ता भयावह स्थिति आउन नदिन बेलैमा उपचारको फाइदा उठाउन अस्पतालले सबैलाई आग्रह गरेको छ। कोभिडको उपचार गराएर ठीक भएका बिरामीमा कालो ढुसीको सम्भावना रहेकोले इएनटी र म्याक्सिलोफेसियल सर्जनद्वारा निःशुल्क ओपिडी स्क्रिनिङ तथा परामर्श गरिरहेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ओपिडी सेवा शनिबारबाहेक हरेक दिन बिहान १० बजेदेखि १२ बजेसम्म सञ्चालन रहनेछ।

प्रकाशित: २० जेष्ठ २०७८ ०८:४९ बिहीबार

किस्ट निःशुल्क कोभिड ओपिडी किस्ट शिक्षण अस्पताल